Logo

पर्यटन

फ्लाइ दुबई र रेवान पोखराबीच पर्यटन प्रवर्द्धनसँगै व्यावसायिक सहकार्य गर्न छलफल



पोखरा। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको छ।

आइतबार रेवान पोखरा सचिवालयमा आयोजित छलफल कार्यक्रममा दुवै पक्षले पर्यटन क्षेत्रको विकासका लागि सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका हुन्।

छलफलका क्रममा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्ने, पर्यटनसँग आबद्ध व्यवसायी र सरोकारवालाबीच सहकार्य विस्तार गर्ने तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने विभिन्न कार्यक्रमबारे सकारात्मक छलफल भएको जनाइएको छ।

बैठकमा पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत जोड दिइएको थियो।

दुवै पक्षले आगामी दिनमा पर्यटन उद्योगको प्रवर्द्धन तथा पोखराको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिका लागि संयुक्त रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार १९:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।