Logo

अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिमा तीन छोरा उपस्थित, सम्भावित उत्तराधिकारी मोज्तबा अनुपस्थित



काठमाडौं ।  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलि समारोहमा उनका तीन छोरा मसुद, मेइसाम र मुस्तफा सार्वजनिक रूपमा उपस्थित भएका छन्। इजरायल–अमेरिका आक्रमणपछि उनीहरू पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन्।

तेहरानस्थित ग्रान्ड मोसल्लामा आयोजित कार्यक्रममा राष्ट्रपति मसुद पेजेशकियान, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ, आईआरजीसी प्रमुख अहमद वहिदी तथा कुद्स फोर्सका कमाण्डर इस्माइल कानीलगायत शीर्ष नेता सहभागी भए।

तर खामेनीका अर्का छोरा तथा सम्भावित उत्तराधिकारी मानिएका मोज्तबा खामेनी भने समारोहमा अनुपस्थित रहे। समारोहमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार २१:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।