Logo

समाचार

कोशी अस्पतालको अतिक्रमित जग्गा एक साताभित्र खाली गर्न सरकारको निर्देशन



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार कोशी अस्पतालको अतिक्रमित जग्गाको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणपछि स्वास्थ्यमन्त्री मेहताले सार्वजनिक जग्गा एक साताभित्र खाली गराउन निर्देशन दिँदै निर्णय कार्यान्वयन गरेरै छाड्ने बताएकी छन्।

अस्पतालको बहुमूल्य जग्गामा विभिन्न संस्थाले स्थायी संरचना बनाएर व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको पाइएको छ।

अस्पताल प्रशासनका अनुसार अतिक्रमणका कारण पूर्वाधार विस्तारमा समस्या परेको छ भने जिल्ला प्रशासन कार्यालय मोरङले पनि सम्बन्धित पक्षलाई एक साताभित्र जग्गा खाली गर्न यसअघि नै निर्देशन दिइसकेको छ।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार २१:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।