काठमाडाैं । नेपाल राष्ट्र बैंकले आन्तरिक वित्तीय बजारमा तरलता व्यवस्थापन गर्ने उद्देश्यसहित ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ नामक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत निष्काशन गर्ने जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार कुल रु. २० अर्बबराबरको ऋणपत्र जारी गरिनेछ । जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन सक्नेछन् । न्यूनतम रु. ५ करोडदेखि माथि कुनै पनि रकममा बोलकबोल गर्न सकिनेछ । बोलकबोल प्रक्रिया तोकिएको मितिमा दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ ।
यस ऋणपत्रमा प्राप्त हुने प्रस्तावअनुसार ब्याजदर निर्धारण गरिने व्यवस्था गरिएको छ ।





















प्रतिक्रिया