काठमाडौं । शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले एजुकेशन एक्सिलेन्स अवार्ड–२०२६ अन्तर्गत ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ सम्मान प्राप्त गरेको छ।
काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आइतबार आयोजित विशेष समारोहमा वातावरणविद् तथा पर्यटन व्यवसायी कर्ण शाक्य र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले संयुक्त रूपमा कलेजलाई उक्त सम्मान प्रदान गरेका हुन्।
नेपालमा मिडिया तथा प्रविधि शिक्षाको विकासमा शेफर्ड कलेजले पुर्याउँदै आएको योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको हो। २५ वर्षभन्दा लामो शैक्षिक यात्रामा कलेजले मिडिया, सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
नेपालको पहिलो मिडिया टेक्नोलोजी कलेजका रूपमा परिचित शेफर्ड कलेजले सञ्चार र प्रविधि शिक्षालाई व्यावहारिक, आधुनिक तथा समयानुकूल बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी), ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र ब्याचलर्स अफ इन्फरमेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालन गरिरहेको छ।
कलेजका अनुसार यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका प्रमुख सञ्चारमाध्यम, सूचना प्रविधि कम्पनी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा सक्रिय छन्। उनीहरूले मिडिया, प्रविधि र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको कलेजको भनाइ छ।
अवार्ड प्राप्तिपछि क्याम्पस प्रमुख प्रेम पुन्थोकीले यो सम्मान शेफर्ड कलेजले २५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय मिडिया तथा प्रविधि शिक्षा प्रदान गर्दै आएको निरन्तर प्रयासको मूल्यांकन भएको बताए।
उनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक दक्षता र नवीन प्रविधिमैत्री शिक्षालाई थप सुदृढ बनाउँदै देशका लागि सक्षम जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।





















प्रतिक्रिया