काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २६.२९ अंकले घटेर २,६२७ को विन्दुमा कायम भएको छ ।
आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ५५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ५३ करोड ९४ लाख रुपैयाँको सेयर भएको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया