Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई अश्लील गाली गर्ने रोशन पोखरेल पुर्पक्षका लागि जेल चलान



विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अभद्र गालीगलौज तथा अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पाँचथरका एक युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केको इजलासले पाँचथरको फाल्गुनन्द गाउँपालिका-७, दोबाटे बस्ने २४ वर्षीय रोशन पोखरेललाई मुद्दाको किनारा नलागुन्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । खरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युट्युबमा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो । त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १४:४०   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।