काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ ।
आज २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य मात्रै घटेको छ ।
आज ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । यसको २० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया