Logo

अर्थ

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी



काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसंग रणनीतिक परियोजना सम्झौता गरेको छ । जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियान अन्तर्गत यो साझेदारी गरिएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ तर्फबाट एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरे । दिगो बैंकिङ्गका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणमा विभाजन गरिएको छ ।

यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फ एउटा निर्णायक कदम भएको बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले बताए ।

सम्झौता अनुसार डच स्पार्कासेनस्टिफ्टुङले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धति (ईएसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि) उपलब्ध गराई प्राविधिक सहयोग पुर्‍याउनेछ । यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगको सवलीकरण तथा हरित उद्यम क्षमता अभिवृद्धि गर्न डिस्क बिजनेस गेम पनि सञ्चालन हुनेछ ।

बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जनाएको छ ।

नेपालको अग्रणी वित्तीय संस्थामध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ । हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ्ग एकाई र १,१०० भन्दा बढी पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार १४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।