Logo

अर्थ

सेयर बजारमा ३० अंकको गिरावट, ४ अर्ब ८२ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ३०.०९ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ ।

आज २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २४७ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । यसको ६२ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनसीसी डिबेञ्चरको ४३ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ५.५२ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेड डेभपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.४१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार १५:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।