Logo

प्रमुख समाचार

१५ मिनेटलाई स्थगित प्रतिनिधिसभा बैठक आज बस्न सकेन, बिहीबार बोलाइयो



काठमाडौं । प्रतिनिधिसभाको आज बुधबार दिउँसो १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि बिहीबारका लागि सरेको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना टाँस गरेर जानकारी गराएको छ ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार १६:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।