काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।




















प्रतिक्रिया