Logo

प्रमुख समाचार

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट



काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेको छ ।  प्रतिनिधिसभा नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरिएको हो ।

कांग्रेसका राष्ट्रियसभा र प्रतिनिधि सभाका संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् ।

रिट निवेदनमा राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले निवेदकका रूपमा हस्ताक्षर गरेका छन् ।

रिटको मुख्य विषय नियमावलीको प्रस्तावना र नियम २५९, नियम १४० को व्यवस्था सम्बन्धी प्रावधानहरूसँग सम्बन्धित छ । नियम २५९ मा राखिएको ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि’ भन्ने शब्दावलीले प्रतिनिधिसभा नियमावलीलाई संघीय कानुनभन्दा माथि राख्न खोजिएकाले बदरभागी रहेको रिटमा उल्लेख छ ।

रिटमा संघीय संसद सचिवालय, प्रतिनिधिसभा, सभामुख डिपी अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार १३:५८   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।