Logo

अर्थ

सेयर बजारमा गिरावट कायमै, ४ अर्ब ६१ करोडकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १९.६७ अंकले घटेर २,६०१ को विन्दुमा कायम भएको छ ।

आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ६१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको छ । यसको ३५ करोड ५८ लाख रुपैयाँको ईकाइ कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस संस्थाका लगानीकर्ताले १२.६८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बिओके डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार १५:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।