काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।
नेता डा. प्रकाशशरण महतका अनुसार बैठक शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ।
बैठकमा साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा जिम्मेवारी बाँडफाँड गरिनेछ।
यस्तै, पार्टीको राष्ट्रिय भेला आह्वान गर्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।




















प्रतिक्रिया