Logo

प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१ र ०६२’ पेस गर्ने, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०६१÷०८२’ पेस गर्ने र ‘राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक प्रतिवेदन २०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नं ८१) माथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘अन्तर्राष्ट्रिय एबनभ म निरीक्षण सम्बन्ध सहास ं १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस’् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार ०९:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।