Logo

अर्थ

एकैदिन २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार ४ दिन घटेको सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यससँगै प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी तोलामा तोलामा १७० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार ११:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।