Logo

प्रमुख समाचार

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई राज्य र समाजका लागि सामूहिक आत्मचिन्तनको विषय बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको बताएका छन् ।

थापाले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै गणेश नेपालीका आश्रित परिवारलाई साथ दिन सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन् । ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ सभापति थापाले भनेका छन् ।

मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दु:खमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

‘विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ,’ सभापति थापाले भनेका छन् ।

 

 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १३:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।