काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिका–स्थित गुरुहनियाँमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले कारबाहीका क्रममा एक राउण्ड गोली प्रहार गर्दा एक भारतीय नागरिकको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
एसएसपी सुवास बोहराका अनुसार पक्राउ परेकाहरूको साथबाट २ सय ग्रामभन्दा बढी खैरो हेरोइन, एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको छ। उनीहरू मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया