Logo

प्रमुख समाचार

विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो, गाडीमा राखेर घर पुर्‍याइदियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्‍याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए ।

निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको हो ।

प्रसाईँ आफ्नो गृहजिल्ला झापाबाट फर्किएका थिए ।

 

प्रकाशित मिति : २८ असार २०८३, आईतवार १४:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।