Logo

राजनीति

कतारका पूर्वराजा शेख खलिफा बिन हमद अल थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त



काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले कतारका पूर्व अमिर तथा वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले ७४ वर्षको उमेरमा थानीको निधन भएको समाचारले आफू मर्माहत भएको बताएका छन्। उनले दिवंगत थानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा सम्पूर्ण कतारी जनताप्रति समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपतिले यस अपूरणीय क्षति सहन सक्ने शक्ति ईश्वरले परिवार र कतारका नागरिकलाई प्रदान गरून् भन्ने कामना पनि गरेका छन्।

शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका थिए। उनको कार्यकाललाई आधुनिक कतारको विकासको महत्वपूर्ण आधार निर्माण भएको अवधिका रूपमा हेरिन्छ।

प्रकाशित मिति : २८ असार २०८३, आईतवार २१:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।