काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७० को विन्दुमा कायम भएको छ ।
आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४९ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९/८८ को इकाई कारोबार भएको छ । यसको ४८ करोड ४६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । एनआइसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयााको इकाई कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यसका लगाानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ११.२८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया