Logo

अर्थ

सेयर बजारमा ३० अंकको गिरावट, ७ अर्ब ४६ करोडमाथिकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७० को विन्दुमा कायम भएको छ ।

आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४९ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०७९/८८ को इकाई कारोबार भएको छ । यसको ४८ करोड ४६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । एनआइसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयााको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यसका लगाानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ११.२८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार १५:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।