Logo

प्रमुख समाचार

विवेक मण्डलको आत्मदाहपछि सन्तानको पठनपाठनमा सहयोग गर्ने सभापति थापाको घोषणा



काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको आज बिहान २ः४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै थापाले मृतकका सन्तानको भविष्यका लागि महत्त्वपूर्ण घोषणा समेत गरेका छन् ।

थापाले लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १०:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।