Logo

अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यससँगै प्रतितोला सुन २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी तोलामा तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३६० सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार ११:३५   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।