Logo

समाचार

१२ जनाको नाम सार्वजनिक भएपछि स्वास्थ्य बीमा बोर्ड निर्देशकको दरखास्त आह्वान रद्द



काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशका लागि गरेको दरखास्त आह्वान रद्द गरेको छ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले आज सूचना जारी गर्दै बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको हो।

मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असार २ गते खुलाएको दरखास्त रद्द गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले असार २ गते १५ दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो।

असार १६ गते दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक भइसकेको अवस्थमा स्वास्थ्य मन्त्रालयले दरखास्त रद्द भएको सूचना जारी गरेको हो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १८:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।