Logo

अर्थ

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सार्वजनिक सूचना जारी गर्दै उक्त संस्थालाई दिइएको अनुमतिपत्र खारेज भएको जानकारी दिएको हो ।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (६) मा भएको व्यवस्था बमोजिम उक्त कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि बैंकले उक्त संस्थालाई मिति २०७७ साल फागुन १८ गते भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमति प्रदान गरेको थियो । ऐनको प्रावधान अनुसार प्रक्रिया पूरा नभएका कारण यो अनुमतिपत्र स्वतः रद्द हुने अवस्था आएको हो ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको सो संस्थासँग कुनै पनि किसिमको लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क राख्न समेत राष्ट्र बैंकले यसै सूचनाद्वारा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १४:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।