काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ७.५० अंकले बढेर २,५९७ को विन्दुमा कायम भएको छ ।
आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीकाे २४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २३ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फन्डका इकाईधनीले कमाएका छन् । यसका यकाईधनीले १४.९६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १४.६७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया