Logo

प्रदेश

मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने



जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ ।

मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी –नेकपा)बीचको तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।

आज भएको तीनै दलका नेताहरुबीचको छलफलमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ । मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जनाए अनुसार तीनै दलका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । अन्य प्रदेशको समिकरण परिवर्तन भएपनि मधेश प्रदेशमा कुनै फेरबदल नहुने नेता यादवले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १६:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।