काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङमा सुख्खा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ६:२० बजे सडकमाथिबाट एक्कासि पहिरो खसेपछि दुवैतर्फको यातायात ठप्प भएको हो। प्रहरी र सडक विभागको समन्वयमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
पहिरोका कारण काठमाडौं–पोखरा लगायतका गन्तव्यमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले जोखिम कायमै रहेकाले उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको जनाएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।




















प्रतिक्रिया