Logo

अर्थ

कामना सेवा विकास बैंकको नाफा बढ्यो, कमायो ८९ करोड रुपैयाँ



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार बैंकले समीक्षा अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले नाफा वृद्धि गरेको हो । त्यसबेला बैकले ६६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी २२.७५ रुपैयाँ पुगेको छ ।

४ अर्ब २१ करोड चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड सञ्चित छ । बैंकको निष्क्रिय कर्जा भने ३.७७ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १५:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।