काठमाडौं । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट अभौतिक (भर्चुअल) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घरको फ्ल्याट भाडामा लिएर सफ्टवेयरमार्फत भर्चुअल मुद्रा कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको थियो।
पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया