Logo

कृषि

नेपाल आउँदै भोलि १ हजार २५० मेट्रिक टन डीएपी मल



काठमाडौं। नेपालमा सोमबार (भोलि) १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो।

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आइपुग्ने छ।

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक वीरगन्ज चलान भएको छ। बाँकी क्रमशः नेपाल भित्रिने छ।

त्यस्तै ३०हजार मेट्रिक टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुँदा भोलि एक रेक वीरगन्जका लागि लोडिङ गर्ने तयारी भै रहेको कृषि सामग्री कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार २०:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।