Logo

समाचार

चन्द्रागिरिबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर–९ पागादोबाटोका ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्।

प्रहरीका अनुसार देउलाले लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।

देउलाको कोठाबाट थप १,१८८ वटा डाइजापाम तथा फेनरागन ट्याब्लेट, ३,७७० वटा ट्रामाडोल र १५० वटा पोलेन बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार २१:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।