काठमाडौं । तीन वटा संसदको समितिको बैठक आज बस्दै छ ।
सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
विधायन व्यवस्थापन समितिको बैठक २ः१५ बजे बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ ।
बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनबारे छलफल हुने कार्यसूची छ ।




















प्रतिक्रिया