Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको करिब २७ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २६ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यसअघि यो शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। तर, संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेका कारण अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १७० रुपैयाँ तोकिएको छ। यसको अर्थ सर्वसाधारणले सेयर खरिदका लागि दिँदा उक्त मूल्य तिर्नुपर्नेछ। इच्छुक सर्वसाधारणले १५ दिनभित्र काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार १०:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।