Logo

अर्थ

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपाल पे कार्ड सेवा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे कार्डको इस्युइङ तथा अक्वायरिङ थालनी गरेको छ ।

बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो, जस अन्तर्गत अब बैंकले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड प्रदान गर्नुका साथै देशभरि रहेका आफ्ना एटीएमहरूबाट नेपाल पे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ ।

कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमका साथै नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेसनल कार्ड स्कीम नेपाल पे कार्ड पनि प्रदान गर्ने भएको छ ।

एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट सुरु गरेको हो । यसपश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने छ ।

साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । हालसम्म नेपाल पेमा ३६ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । ७ वटा बैंक तथा वित्तीय संस्थाले नेपाल पे कार्ड इस्यू गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेपाल पे कार्डको अक्वायरिङ्ग शुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार ११:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।