Logo

अर्थ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य



काठमाडौं । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ ।

यो नयाँ सहकार्यपछि अब एनएमबिका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ ।

बैंककाक अनुसार ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिँदै, ग्राहक आफैँले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन ।

साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार ११:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।