Logo

प्रमुख समाचार

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन अन्तिम मौका



काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन माग गरेको छ ।

राष्ट्रिय भूमि आयोगअन्तर्गत भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै अन्तिमपटक निवेदन माग गरेको हो ।

जग्गा प्राप्त गर्न बाँकी रहेका भूमिहीन दलित र सुकुम्बासी तथा बसोबास व्यवस्थापन हुन नसकेका अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र निवेदन दिन आग्रह गरेको हो ।

समितिद्वारा प्रकाशित सूचनाअनुसार तोकिएका स्थानीय तहभित्रका योग्य नागरिकले समितिले निर्धारण गरेको ढाँचामा निवेदन फाराम भरी ४ साउनदेखि ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार १५:१०   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।