काठमाडौं । सरकार सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो ।
गठित कार्यदललाई साविकका सार्वजनिक बिदाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार पार्न १५ दिनको समयसीमा तोकिएको छ । कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्नुपर्ने निर्णय पनि बैठकको छ ।




















प्रतिक्रिया