Logo

मौसम

देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ ।देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा बदली रहने र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार ०७:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।