Logo

अर्थ

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । आज पनि नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । सुन आज पनि प्रतिताेला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला सुन २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ताेलामा ५० बढेको छ । योसँगै आज चाँदी तोलामा ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार ११:११   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।