Logo

राजनीति

नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्दै



काठमाडौं । नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता महेन्द्र राय यादवले भोली (बुधबार) हुन लागेको एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रमबारे जानकारी दिएका छन् ।

नेता यादवका अनुसार भोली हुने कार्यक्रममा पार्टीको संयोजक पुष्पकलम दाहाल –प्रचण्ड), सह संयोजक माधव कुमार नेपाल, नायारायण काजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन तथा परीक्षण दिनेछन् ।

प्रदेशस्तरीय रहेको उक्त कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा दिउँसो हुने नेता यादवले जानकारी दिएका छन् ।

उनले कार्यक्रममा प्रशिक्षण, एकीकृत समाजवादीसहितका विभिन्न वाम घटकहरूसँगको एकता समायोजन तथा शपथग्रहणसहित नेताहरुको सम्बोधन गर्ने तालिका रहेको बताए ।

कार्यक्रममा करीब १४०० बढी नेता, कार्यकर्ता एवम पदाधिकारीहरुको सहभागीता रहेको नेता यादवले बताए ।

नेकपाले मंसिरसम्म पार्टीको अधिवेशन गर्ने निर्णय गरेको छ । यस एकताको सन्देश एवम प्रशिक्षण कार्यक्रममा पनि अधिवेशन केन्द्रित विषय वस्तु प्रस्तुत गरिने नेता यादवले जानकारी दिए । नेकपाले यस अघि अन्य ५ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण एवम एकताको सन्देश कार्यक्रम गरिसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार २०:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।