Logo

समाचार

चारतले घरबाट हामफालेका व्यापारीको मृत्यु



काठमाडौ‌ं। काठमाडौ‌को चाबहिलस्थित कुमारीगालमा एक व्यापारीले आत्महत्या गरेका छन्। घरको छतबाट हामफालेका व्यापारीको मृत्यु भएको हो।

सोमबार चार तले घरको छतबाट व्यापारी नविन अग्रवाल हामफालेका हुन्। घाइते भएका उनको उपचारका क्रममा स्तुपा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

४९ वर्षीय अग्रवाल कपडाको व्यापारी हुन्। घटनास्थलबाट प्रहरीले विषादीको बट्टासमेत बरामद गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार २१:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।