काठमाडौं । सेयर बजार आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.९५ अंकदे घटेर २,७१२ को विन्दुमा कायम भएको छ ।
आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७.१६ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया