काठमाडौं । एनएमबी बैंक लिमिटेडमा जागिर खुलेको छ। सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा काम गर्न इच्छुक योग्य तथा अनुभवी जनशक्तिका लागि बैंकले रोजगारीको अवसर खुला गरेको हो।
बैंकले ‘इन्फर्मेसन सेक्युरिटी इन्जिनियर/अफिसर (अफिसर/सिनियर अफिसर)’ पदका लागि आवेदन माग गरेको हो। बैंकले डिजिटल बैंकिङ पूर्वाधारलाई सुरक्षित बनाउँदै बढ्दो साइबर जोखिम तथा सम्भावित साइबर आक्रमणबाट बैंकिङ प्रणालीको सुरक्षा मजबुत बनाउन सक्ने दक्ष जनशक्तिको खोजी गरिएको जनाएको छ।
छनोट हुने उम्मेदवारले बैंकको सूचना सुरक्षा प्रणालीअन्तर्गत फायरवाल, एसआईईएम, आईडीएस/आईपीएस तथा एन्डपोइन्ट सुरक्षा प्रणाली कार्यान्वयन, अनुगमन र व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै, सुरक्षा कमजोरीको मूल्याङ्कन, पेनिट्रेसन टेस्टिङ, जोखिम मूल्याङ्कन तथा साइबर सुरक्षा घटनाको व्यवस्थापन र प्रतिकार्यमा समेत भूमिका निर्वाह गर्नुपर्नेछ।
बैंकिङ एप्लिकेसन, एपीआई तथा डिजिटल बैंकिङ प्लेटफर्मलाई साइबर जोखिमबाट सुरक्षित बनाउने, वास्तविक समयमा सुरक्षा जोखिमको अनुगमन गर्ने, लग विश्लेषण गर्ने तथा सुरक्षा घटनामा आवश्यक प्रतिक्रिया दिने जिम्मेवारी पनि सम्बन्धित पदमा रहनेछ।
उम्मेदवारले पीसीआई डीएसएस, आईएसओ २७००१, जीडीपीआर र पीएसडी२ लगायतका औद्योगिक तथा नियामकीय मापदण्डअनुरूप साइबर सुरक्षा नीति विकास तथा कार्यान्वयनमा समेत सहयोग गर्नुपर्नेछ। साथै, सूचना प्रविधि, डिजिटल, जोखिम व्यवस्थापन तथा अनुपालनसम्बन्धी टोलीसँग समन्वय गरी सुरक्षा कमजोरी समाधान गर्नुपर्ने बैंकले जनाएको छ।
साइबर सुरक्षाका प्रभावकारी उपायमार्फत साइबरजन्य ठगी नियन्त्रण तथा रोकथामका पहलमा सहयोग गर्नु पनि सम्बन्धित पदको जिम्मेवारी हुनेछ। आवेदन दिन इच्छुक उम्मेदवारसँग सूचना सुरक्षा वा साइबर सुरक्षासम्बन्धी समान भूमिकामा कम्तीमा २ देखि ३ वर्षको कार्य अनुभव हुनुपर्ने बैंकले जनाएको छ।
उम्मेदवारले कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधि, कम्प्युटर विज्ञान वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकोत्तर तहको शैक्षिक योग्यता भएकालाई थप लाभ हुने बैंकले जनाएको छ। नेटवर्क सुरक्षा, क्रिप्टोग्राफी तथा प्रमाणीकरण प्रोटोकलबारे राम्रो ज्ञान हुनुपर्नेछ। एसआईईएम प्लेटफर्म, क्लाउड सुरक्षा प्रविधि तथा एन्डपोइन्ट सुरक्षा प्रणालीमा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, बैंकिङसम्बन्धी नियमन तथा साइबर सुरक्षा अनुपालनका आवश्यकताबारे जानकारी हुनुका साथै सुरक्षा कमजोरी मूल्याङ्कन तथा पेनिट्रेसन टेस्टिङ (भीएपीटी), थ्रेट मोडलिङ तथा सुरक्षा घटना व्यवस्थापनमा व्यावहारिक अनुभव हुनुपर्नेछ।
एआई सुरक्षा जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनसम्बन्धी ज्ञान भएकालाई थप लाभ हुने बैंकले जनाएको छ। इच्छुक उम्मेदवारले आफूले आवेदन दिन चाहेको पद उल्लेख गरी अद्यावधिक बायोडाटा (सीभी) र कभर लेटरसहित vacancy@nmb.com.np मा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र आगामी चरणका लागि सम्पर्क गरिनेछ। बैंकले कुनै कारण नखुलाई कुनै वा सबै आवेदन अस्वीकार गर्न सक्ने अधिकारसमेत सुरक्षित राखेको जनाएको छ। भर्ती प्रक्रियामा कुनै पनि प्रकारको दबाब वा प्रभाव पार्ने प्रयास (क्यान्भासिङ) गरेमा आवेदन स्वतः अयोग्य ठहरिने बैंकले स्पष्ट पारेको छ।





















प्रतिक्रिया