Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर सहयोग



काठमाडौं। पाकिस्तानले विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन अमेरिकासँग १० अर्ब अमेरिकी डलरको पाँचवर्षे विनिमय स्थिरीकरण (एक्सचेन्ज स्टेबिलाइजेसन) सुविधा माग गरेको छ।

रोयटर्सका अनुसार अर्थमन्त्री मुहम्मद औरङ्गजेबले वासिङ्टनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग भेटपछि उक्त प्रस्ताव अघि बढाएका हुन्।

प्रस्ताव स्वीकृत भए विदेशी मुद्रा सञ्चिति बढ्ने, पाकिस्तानी रुपैयाँमाथिको दबाब कम हुने र आइएमएफलगायत बाह्य ऋणदातामाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ।

पाकिस्तान हाल आइएमएफको ७ अर्ब डलरको सहायता कार्यक्रमअन्तर्गत आर्थिक सुधार कार्यान्वयन गरिरहेको छ।

सरकारले क्षेत्रीय भूराजनीतिक तनावका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरण, अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच विस्तार र सार्वभौम कर्जा मूल्याङ्कन सुधारका लागि अमेरिकी सहयोग आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार २०:४५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।