Logo

अर्थ

‘सरकार संचालनको एक वर्षमा पानीजहाजको उद्घाटन’



भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन गर्ने बताएका छन् ।  धनुषा र महोत्तरी जोड्ने रातु खोलामा २२५ मिटर लम्बाइ  निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मन्त्री महासेठले सो कुरा बताएका हुन् ।

सरकारले पूर्वाधारको क्षेत्रमा सडक, रेलमार्ग र जलमार्गमार्फत विकास गर्ने कामको सुरुवात गरेको मन्त्री महासेठको तर्क थियो । पूर्वपश्चिम, उत्तरदक्षिण रेलमार्ग, विद्युतीय रेल, काठमाडौं–केरुङ रेलमार्ग निर्माण लगायतका कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको मन्त्री महासेठले जानकारी दिए ।

मन्त्री महासेठले वर्तमान सरकारले चुनावी प्रतिबद्धता पूरा गरेरै छाड्ने दाबी गरे । दुईतिहाइ बहुमतको वर्तमान सरकारले चुनावका  बेला गरेका प्रतिबद्धताअनुसार काम गरिरहेको भन्दै मन्त्री महासेठले भने, ‘अबका चार वर्षमा ती प्रतिबद्धता पूरा गरेर देखाउछौं ।’

मन्त्री महासेठले विकासको सवालमा राजनीति नगरी सहकार्य गर्न प्रतिपक्षीहरूलाई आग्रह गरेका छन । चुनावका बेलामा मात्र राजनीति गर्न सुझाउँदै मन्त्री महासेठले अहिले सरकारको विकास प्रयासमा सघाउनुपर्ने बताएका हुन  ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  १२ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।