Logo

मौसम

भारी वर्षाको सम्भावना अति जोखिमयूक्त ठाउँमा आवश्यक सतर्कता अपनाउन मौसम विभागको चेतावनी



काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनेभएकाले सवैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।

मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार ०९:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।