Logo

अर्थ

एशियन लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मैतिदेविमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयावधि भित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार १०:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।